+
Search

ताजा अपडेट +

पपुलर +

के छ नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भएको ६ बुँदे सम्झौतामा ?

4KNationalDaily
२०७६ आश्विन ८, बुधबार ०८:३५ बजे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच द्विपक्षीय हितका मुद्दालाई कम्युनिस्ट पार्टीहरूका अन्तर्राष्ट्रिय मञ्चहरूमा संयुक्त रूपमा उठाउने समझदारी भएको छ।

दुई पार्टीबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी ६ बुँदे सम्झौतामा उक्त कुरा उल्लेख छ। यो सरकारी नभई पार्टीगत तहका कुरा उठाउने समझदारी भएको हो।

दुवै पक्षको भ्रमण, प्रशिक्षण, अध्ययन, अनुसन्धानलगायत कामलार्य पार्टी च्यानलबाट व्यवस्थित गर्न समझदारी भएको विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

६ बुँदामा उच्चस्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि, पाटी–पार्टी अनुभव आधारित सहयोग आदानप्रदान, युवा र स्थानीय नेताबीच भ्रमण आदानप्रदान, जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि र विचार–सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily