+
Search

ताजा अपडेट +

पपुलर +

भूमिगत भएकी शिल्पा बल्ल सार्वजनिक भइन् !

4KNationalDaily
२०७६ आश्विन १०, शुक्रबार ०८:०१ बजे

काठमाडौं- पति छवि ओझाकी प्रथम श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा अदालतमा हालेपछि अभिनेत्री शिल्पा पोखरेल लामो समय भूमिगत थिइन्।

जिल्ला अदालत काठमाडौँले छवि र शिल्ला दुबैलाई पक्राउ पूर्जी नै जारी गर्यो। अदालत नै पछि लागेपछि एकाएक छायांकनरत फिल्म छाडेर उनी लुकेको हल्ला बजारमा फैलियो।

धन्न सर्वोच्चले तत्काल पक्राउ नगर्नु भनिदियो र अलि सास आयो उनको। अहिले शिल्पा केही कार्यक्रममा देखा पर्न थालेकि छिन् ।

हालै कबड्डीको तेस्रो सिरिजको प्रिमियरमा उनी पनि थिइन्। उनलाई युट्युबरले घेरिहाले। कडा कडा प्रश्नको ओइरो उनीमाथि लाग्यो। तर, उनले भने सामान्य नै उत्तर दिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily