+
Search

ताजा अपडेट +

पपुलर +

१२ अर्ब होइन, १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए कारबाही भोग्छु : मन्त्री बास्कोटा

4KNationalDaily
२०७६ आश्विन १०, शुक्रबार ०९:०८ बजे

काठमाडौं- सरकारका प्रवत्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफुँले १२ रुपैयाँ भ्रष्टचार गरेको प्रमाणित गरे कारबाही भोग्न तयार रहेको बताएका छन् ।

बिहिबार नियमित पत्रकार सम्मेलनमा पत्रकारले सोधको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले यस्तो चुनौति दिएका हुन् ।

‘१२ अर्ब होइन, १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए सम्पूर्ण कारवाही भोग्न तयार छु’, पत्रकारको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले भने, ‘यस्तो अफवाहाको पछाडि लाग्नु आवश्यक छैन। यो विषयमा अख्तियार, सीआईबी, नेपाल सरकारले आफैं छानबिन गर्नसक्छ।’

सञ्चारले १२ अर्ब भ्रष्टाचार गरेको विषय सञ्चार माध्यममा आएको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा आक्रामक देखिएका बास्कोटाले आफुँ गलत हल्लाको पछाडि नलाग्ने बताए । बास्कोटाले छानविनका लागि स्वदेशीमात्र नभई विदेशी संघसंस्थालाई पिन ल्याउन चेतावनी दिए ।

‘कुनकुन निकाय छन् ? अख्तियार, अख्तियारले छानबिन गर्नसक्छ, सर्तकता केन्द्र, सीआईबी, नेपाल सरकार आफै छानबिन गर्न सक्छ’, उनले भने, ‘यहाँबाट पुग्दैन भने को लिएर आउनुहुन्छ ? सीआईए, एमसिक्स लगायतका संस्थाहरु ल्याएर छानबिन गरे पनि कुनै पर्वाहा हुनेछैन।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily