+
Search

ताजा अपडेट +

पपुलर +

आज सुनचाँदीको भाउ हवात्तै घट्यो, तोलाको कति छ

4KNationalDaily
२०७६ आश्विन १०, शुक्रबार ०९:१० बजे

काठमाडाैं- साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु १००० रुपैंयाँँले घटेको हो ।

सुन बिहीबार तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो । यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily