+
Search

ताजा अपडेट +

पपुलर +

जलकुम्भीले किन ढाक्छ फेवाताल? देखियो यस्तो अनौठो

4KNationalDaily
२०७६ आश्विन ११, शनिबार ०८:११ बजे

काठमाडौं- गाउँबाट ३५ वर्षअघि बैदाम झर्दा भुवन परियारले फेवातालमा जलकुम्भी देखेका थिएनन्। तीन दशकअघि तालमा एक्कासी नयाँ झार देखियो।

मोटो डाँठ, लामो जरा, बैजनी रंगको फूल भएको झारले फेवातालको सिरान ढपक्कै ढाक्यो। बर्खाको भेलले बगाएर तालभरि फिँजार्थ्यो। हिउँदमा भने त्यो देखा पर्दैनथ्यो।

यसपटक गत भदौ ३१ मा भारी वर्षा भयो। असोज १ को बिहान तालमा फेरि अचाक्ली जलकुम्भी देखियो। तालको वारपार जलकुम्भी तैरिँदा पानी देखिएन। घाँसे मैदान जस्तो लाग्ने फेवातालको यस्तो रूप उनले कहिल्यै देखेका थिएनन्।

‘७–८ वर्षदेखि अलि धेरै जलकुम्भी बगाएर ल्याउँथ्यो,’ उनी भन्छन्, ‘यतिधेरै बगाएर ल्याएको पहिलोपल्ट हो।’

त्यसो त, हरेक बर्खामा फेवाताल जलकुम्भीले ढाक्छ। यो वर्ष असार–साउनमा उतिसारो पानी परेन। भदौमा समेत हर्पन खोला उर्लिने गरी बढेन । भदौ अन्तिमदेखि परेको अविरल वर्षाले भने हर्पन खोला ह्वात्तै बढ्यो।

भदौ ३१ रातिको ठूलो वर्षाले फेवातालको उपल्लो भेगमा भएको जलकुम्भी हर्पनले बगाएर तल्लो भेगतिर ल्यायो। हल्लनचोक, बाराहीघाट, डिहीकोपाटन, बसुन्धरापार्क र ड्यामसाइड किनारमा जलकुम्भी छपक्कै छ।

पोखराको मुख्य आकर्षणमध्येको फेवाताल यतिबेला अनौठो देखिएको खबर आजको कान्तिपुरमा दीपक परियारले लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily