+
Search

ताजा अपडेट +

पपुलर +

संसद् मैत्री समूह : नेकपालाई चीन, कांग्रेसलाई भारत

4KNationalDaily
२०७६ आश्विन ११, शनिबार ०८:१३ बजे

काठमाडौं- विपक्षी कांग्रेसले छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजकको जिम्मेवारी पाएको छ।

३३ देशका संसदसँग सहकार्य गर्न संसदले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद समेटेर मैत्री समूह गठन गरेको हो। अधिकांश मैत्री समूहका संयोजकमा शीर्ष नेताहरू नै छन्।

दलीय भागबन्डाअनुसार सत्तासीन नेकपा २१, विपक्षी कांग्रेस ६, सत्तासीन समाजवादी पार्टी ३ र राजपाले ३ देशको मैत्री समूहको संयोजक पाएकाे खबर आजको अन्नपूर्ण पोस्टमा नेरेन्द्र साउदले लेखेका छन्।

द्विपक्षीय सम्बन्ध कायम रहेका तथा नेपालका दूतावास रहेका मुलुकसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्न समूह गठन गरिएको संसद् सचिवालयले जनाएको छ।

‘मित्र राष्ट्रबीचको कुटनीतिक सम्बन्ध तथा मित्रता प्रभावकारी बनाउन, कतिपय विषयमा लबिङ गर्न र एकापसमा अनुभव साटासाट गर्न मैत्री समूहले काम गर्छन्,’ संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले भने।

छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजक कांग्रेसले लिएको छ भने छिमेकी चीन र बेलायत मैत्री संयोजक सत्तासीन नेकपाले लिएको छ। भारत मैत्री समूहको संयोजकमा कांग्रेस नेता विजय गच्छदार चयन भएका छन्। विनोद चौधरी, रेणु यादवसहित १० जना भारतीय मैत्री समूहका सदस्य छन्।

छिमेकी चीन मैत्री समूहको संयोजक भने सत्तासीन नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ छन्। नेकपा प्रमुख सचेतक देव गुरुङ, अग्नि सापकोटा, शान्ता चौधरी लगायत १२ जना चीन मैत्री समूहका सदस्य चयन भएका छन्।

को कताको संयोजक

चीन : सुवास नेम्वाङ

भारत : विजय गच्छदार

अमेरिका : मिनेन्द्र रिजाल

फ्रान्स : माधव नेपाल

बेलायत : झलनाथ खनाल

जर्मनी : डा. बाबुराम भट्टराई

ब्राजिल : राजेन्द्र महत्तो

जापान : सुरेन्द्र पाण्डे

नर्वे : ओनसरी घर्तिमगर

कतार : ह्दयेश त्रिपाठी

श्रीलंका : महन्थ ठाकुर

अस्ट्रेलिया : भीम रावल

भुटान : सरिता गिरि

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily