गोरखा- दरौदी यातायात सेवा प्रा.लि अन्र्तगतका सवारी साधानले चाडपर्वको मौका छोपी बढि भाडा लिएको पाइए कारवाही गर्ने यातायातका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले बताएका छन् ।
उनले यात्रुहरुलाई चाडपर्वमा आवतजावत गर्न सवारी साधनको अभाव भए प्रा.लि अन्र्तगत सञ्चालन भएका क्यु बाहेक थप सवारी साधन समेत सञ्चालन गर्न सकिने जानकारी दिए । तर, सरकारले तोकेका भन्दा कत्ति भाडा बढि लिन नदिने उनले बताए ।
भने, ‘अरु यातायात प्रा.लिको म जिम्मा लिन सक्दिन हाम्रो यातायात प्रा.लि अन्र्तगत सञ्चालन भएका सवारी साधनलाई बढी भाडा उठाउन दिदैन, उठाएका कारवाही गर्न तयार छौ ।
राजधानीबाट दशै मनाउन गोरखा आउने यात्रुहरुका लागि राजधानीमा आजदेखि टिकट खुल्ला समेत उनले बताए ।
राजधानी काठमाडाैं बसपार्कमा रहेका टिकट काउण्टरबाट गोरखा आउने यात्रुहरुका लागि टिकट खुल्ला गरिएको छ ।
दशैका बेला जिल्ला आउने यात्रुहरुको संख्या अत्याधिक हुने भएपछि यात्रुहरुको सुबिधाका लागि टिकट बुकिङ खुल्ला गरिएको हाे ।
उनले गोरखा जिल्लामा माइक्रोबस दैनिक १८ वटा, मिनिबस दैनिक १२ ओटा सदरमुकामका लागि छुट्ने जानकारी दिए ।
त्यस्तै, बारपाक २, भच्चेक २, आपँपिपल १, पाल्खु देउराली १, सिमलाफेद १, आर्खेत १, सोती १, नाम्जुङ १ र घाटबेसी १ गरि ११ ओटा यात्रुबस दैनिक काठमाण्डौबाट जिल्लाका ग्रामिण क्षेत्रका लागि छुट्ने छ ।
प्रतिक्रिया