काठमाडौं– जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अनुमति दिएको छ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महराविरुद्ध पक्राउ गरी अनुसन्धान प्रत्रिया अघि बढाउन आदेश दिएको हो।
महराविरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिने तयारी गरेको छ ।
महराविरुद्ध पक्राउ पूर्जी जारी भएपछि अब प्रहरीलाई महरालाई पक्राउ परेर अनुसन्धान प्रक्रिया सुरु गर्न बाटाे खुलेकाे छ।
संसदीय संसदमा कार्यरत रोशनी शाहीले महराले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै शनिबार जाहेरी दिएकी थिइन् ।
शाहीले महानगरीय प्रहरी वृत्त बानेश्वरमा शनिबार जाहेरी दिएकी हुन्।
महराले बलात्कारको आरोप लागेपछि सभामुखको पदबाट राजीनामा दिइसकेका छन् ।
प्रतिक्रिया