+
Search

ताजा अपडेट +

पपुलर +

बयानपछि महरा अस्पताल भर्ना, मंगलबार मात्रै थुनछेक बहस

4KNationalDaily
२०७६ आश्विन २४, शुक्रबार ०७:५३ बजे

काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ।

बलात्कार प्रयास गरेको आरोपमा आइतबार पक्राउ परेका महरालाई बयानका लागि बिहीबार सरकारी वकिलको कार्यालय लगिएको थियो।

सुरुमा महानगरीय प्रहरी वृत्त बानेश्वरले सो घटनाको अनुसन्धान सुरु गरेको थियो।

अहिले काठमाडौँ परिसरले नै फाइल खिचेर अनुसन्धान प्रक्रिया अघि बढाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

सरकारी वकिल कार्यालयको रोहवरमा बयान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए।

बिहीबार नै उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ।

उच्च रक्तचापका बिरामी महरालाई स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गर्नुपरेको प्रहरीले जनाएको छ।

महरालाई प्रहरीले आगामी मंगलबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराई थप थुनामा राख्न अनुमति लिनेछ।

आइतबार अदालतमा दसैँको बिदा छ। सोमबार पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको मृत्युका कारण बिदा गरिएको छ।

यस्तो मुद्दामा बढीमा २५ दिनसम्म मात्र थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily