+
Search

ताजा अपडेट +

पपुलर +

सीको नेपाल भ्रमणः केरुङ -काठमाडौँ रेलमार्ग मुख्य प्राथमिकता

4KNationalDaily
२०७६ आश्विन २४, शुक्रबार ०७:५४ बजे

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर (विस्तृत परियोजना प्रतिवेन) निर्माणसहित पूर्वाधार निर्माणसम्बन्धी आयोजनाहरुको सम्झौता मुख्य प्राथमिकतामा पर्ने भएको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन आयोजना चिनियाँ साझेदारीमा बनाउन सम्झौता गर्ने निर्णय गरेको खबर आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन्।

निर्माण मोडालिटी, लगानी, अनुदान वा ऋणलगायतका विषय आयोजनापिच्छे फरक–फरक हुनेछन्।

नाम सार्वजनिक गर्न नचाहेका एक मन्त्रीले रेलमार्गको डीपीआर बनाउने समझदारी पत्रमा हस्ताक्षर हुने निर्णय भएको जानकारी दिए।

‘रेलमार्ग निर्माणको मोडालिटी, लगानी र अन्य विषय डीपीआरपछि टुंगो लगाइने छ,’ उनले भने।

काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्मको ६ किलोमिटर सुरुङमार्ग र त्यही बाटो हुँदै रसुवाको स्याफ्रुबेसीसम्म पुग्ने सडक निर्माणका लागि पनि सम्झौता गर्ने निर्णय भएको ती मन्त्रीले जनाए।

‘कोसी, गण्डकी र कर्णाली सडक करिडोरको स्तरोन्नती तथा निर्माणको पनि सम्झौता गर्ने निर्णय भएको छ,’ उनले भने, ‘यसभित्र चीनका सीमानाका जोडिने धेरै सडक पर्छन्।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily