+
Search

ताजा अपडेट +

पपुलर +

चिनियां राष्ट्रपतिको स्वागतको लागी आईतवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

4KNationalDaily
२०७६ आश्विन २४, शुक्रबार १८:४७ बजे

काठमाडौं– नेपालको राजकिय भ्रमणमा शनिवार काठमाडौं आउन लागेका चिनियां राष्ट्रपति सी जिनपिङको स्वागतका लागी सरकारले सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको स्रोतको दाबी छ ।

गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।

सरकारले यसअघि पनि विभिन्न देशका राष्ट्रप्रमुख आउंदा सम्मानस्वरूप सार्वजनिक बिदा दिंदै आएको थियो ।

दुई दिने भ्रमणको क्रममा काठमाडौं आउन लागेका सी लाई उच्चस्तरिय सम्मान र सुरक्षा दिने सरकारको तयारी छ ।

साथै विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम समेत छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily