+
Search

ताजा अपडेट +

पपुलर +

कस्तो छ ‘छ माया छपक्कै?’

4KNationalDaily
२०७६ आश्विन २५, शनिबार ०९:२८ बजे

काठमाडौं– एउटा गाँउको सत्य घटनामा आधारित कहाँनी, पानी र राजनीतिको कहाँनी, दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छ माया छपक्कै’ ।

राजनीति के को लागि गर्ने ? पार्टीको लागि की जनताको समस्या समाधानको लागि । नेता कसलाई भनिन्छ ? पार्टीले तोकेको व्यक्ति की जनताको समस्या समाधानको लागि सक्रिय, जनताले चुनेको व्यक्ति ।

माया, प्रेम र भावनासंग राजनीतिको सरोकार हुन्छ की हुदैन ? के माया, प्रेम र भावनाले राजनीति अगाडि बढ्न सक्छ ? या यसले राजनीतिक दुर्घटना पो निम्ताउछ की ।

अनि राजनीतिमा चाहि माया, प्रेम, भावना, परिवारको सरोकार रहँदैन ? खाली पार्टी र माथिल्ला नेताहरुको आदेश निर्देशमामात्र राजनीति अगाडि बढ्न सक्छ ?

शुक्रवारबाट देशभर प्रर्दशनमा आएको दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छ माया छपक्कै’ चलचित्रले यस्तै पेचिला सवालहरुको सहज र सरल जवाफ दिएको छ ।

पानीले काकाकुल बनेको एउटा गाँउ, राजनीतिले जकडिएको एउटा गाँउ, कैलाली जिल्लाको खडेरी गाँउ । त्यहि गाँउको सानो तर जटिल समस्याको सेरोफेरोमा अगाडि बढेको छ ‘छ माया छपक्कै’ ।

खडेरी गाँउको पानीको समस्यालाई केहि काल्पनिक कथा वस्तुको आधारमा प्रस्तुत गरिएको चलचित्र छ माया छपक्कैको सन्देश, परिवेश र पीडाहरु आम नेपालीले भोगीरहेको सत्यनै हुन् ।

कैलालीको खडेरी गाँउमा मात्र हैन नेपालको धेरै गाँउहरुमा पानीको त्यस्तै समस्या छन् ।

विश्वले प्रविधिमा नयाँ नयाँ फड्को मारेको भएपनि नेपालका धेरै गाँउहरुमा अहिले पनि एक गाग्री पानीको लागि महिलाहरुले सखारै एक डेढ घण्टाको पैदल दुरी पार गर्नु पर्ने अवस्था ज्युका त्यूँ छन् ।

हो यहि पानी र राजनीतिले अगाडि बढाएको छ चलचित्र ‘छ माया छपक्कै’लाई । क्रान्तिकारी बाबुको छोरा हुन् दीपकराज गिरी (वीपी) । उनले सानो उमेरमा न पढ्न पाए, न आफ्नो अन्य मनोकाक्षानै पुरा गर्न सके ।

४२ बर्षको उमेरसम्म अविवाहीत रहेका दीपकराजले बाबुको पदचाप पछ्याउदै पार्टीको लागि आफ्नो यौवनावस्था विताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily