+
Search

ताजा अपडेट +

पपुलर +

म्यानमारमा स्वस्तिमाको मस्ती मुड

4KNationalDaily
२०७६ आश्विन २५, शनिबार १०:१२ बजे

काठमाडाैं- चलचित्र ‘हजार जुनी सम्म’ असफल भएपछि नायिका स्वस्तिमा खड्काले यो चलचित्र किन गरिन् भनेर प्रश्न उठिरहेको छ ।

नायिका खड्काले आफू यो कुरामा थोरै चुकेको स्पष्ट पारिसकेकी पनि छिन् । उनी नयाँ चलचित्र ‘चपली हाइट ३’को छायांकनमा तिहारपछि व्यस्त हुनेछिन् ।

तर, त्यो अघि उनीसँग विज्ञापन, म्यूजिक भिडियोको काम मात्र छ । यसैले पनि स्वस्तिमा काम र मस्ती मुडलाई एकसाथ अगाडि बढाइरहेकी छिन् ।

चलचित्र ‘चपली हाइट ३’को घोषणा कार्यक्रम सकेर उनी म्यानरमार उडेकी थिइन् । स्वस्तिमा म्यानमारमा मस्ती मुडमा देखिएकी छिन् ।

उनी, आफैले पनि म्यानमारमा काम र होलिडेलाई एकसाथ अगाडि बढाइरहेको लेखेकी छिन् ।

नेपाली चलचित्रमा पछिल्लो समयमा उनी माग बढ्दो छ । केही चलचित्रको व्यापारिक कारोबार र केही चलचित्रमा उनले गरेको अभिनयले पनि दर्शकले उनलाई रुचाएका छन् ।

यसैले पनि स्वस्तिमालाई लिएर चलचित्र बनाउन ठूलै ब्यानरका निर्माता पनि लालयित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily