+
Search

ताजा अपडेट +

पपुलर +

१५ महिनामा मेलम्चीको हेडवर्क्स बनाउने गरी चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता

4KNationalDaily
२०७६ आश्विन २५, शनिबार १३:३५ बजे

काठमाडौं- मेलम्ची खानेपानी विकास समितिले आयोजनाको मुहानस्थित ‘हेडवर्क्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ।

सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै ‘हेडवर्क्स’ निर्माणका लागि छनोट भएको समितिका सूचना अधिकारी वरिष्ठ डिभिजनल इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

निर्माण कम्पनीले १५ महिनामा ‘हेडवर्क्स’को काम सक्ने गरी समय दिइएको उनले बताए। ‘हेडवर्क्स’ निर्माणको लागत १ अर्ब २ करोड रुपैयाँ हुनेछ।

कम्पनीले १५ दिनमा स्थलगत अध्ययन गरी काम सुरु गर्ने गरी ठेक्का सम्झौता भएको छ। इटालियन निर्माण कम्पनी सिएमसीले गत वर्ष काम छोडेर हिँडेपछि ठेक्का सम्झौता रद्द गरी सिनो हाइड्रोलाई नै सुरुङको बाँकी काम गर्ने गरी छनोट गरिएको थियो।

सुरुङको बाँकी कामका लागि भने ७५ करोड रुपैयाँमा सम्झौता भएको छ। राजधानीमा बहुप्रतिक्षित मेलम्चीको पानी ल्याउने मिति पटकपटक सर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily