+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीले भने – सीको नेपाल भ्रमणले दक्षिण एसियामा शान्ति र स्थिरता राख्नेमा सहयोग पुग्छ

4KNationalDaily
२०७६ आश्विन २५, शनिबार १५:४५ बजे

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियां राष्टपति सी जिनपिङको नेपाल भ्रमणले नेपाल चीनबीचको सम्बन्ध ऐतिहासिक हुने भन्दै त्यसबाट दुई देशको सम्बन्ध नयांस्तरमा पुग्ने बताएका छन् ।

चिनियां सरकारी समाचार संस्था सिन्हासंग शनिवार विशेष अन्र्तवार्ता दिदैं प्रधानमन्त्री ओलीले १९५५ मा दुवैदेशबीच कुटनैतिक सम्बन्ध स्थापना भएदेखी नै मित्रता मजबुत भएको बताए ।

उनले २३ वर्षपछि हुन लागेको सीको राजकीय यात्रा नयां अर्थको साथ हुने भन्दै जसले दुई देशको बीच राजनीतिक, आर्थीक, सामाजिक र सांस्कृतिका सम्बन्ध बढाउने अवसर भएको बताए ।

उनको नेपाल यात्राले दक्षिण एसियामा शान्ति र स्थिरता राख्नेमा सहयोग पुग्ने भन्दै यसले पुरै एसिया क्षेत्रका छिमेकीहरुको मित्रता, आपसी समझदारी र आर्थिक विकासमा योगदान पुग्ने दाबी समेत गरे ।

प्रधानमन्त्री ओलीले अन्र्तवार्तामा शान्ति,समानता र न्यायको रक्षाको लागी चीन विश्वस्तरमै महत्वपूर्ण भुमिका खेलिरहेको धारणा राखेका छन् ।

उनले भने ‘चीन बिआरआई र अन्य द्धिपक्षीय परियोजनामार्फत आर्थिक विकासमा ध्यान केन्द्रित गरिरहेको छ, मलाई आशा छ दुवै देशबीच सड्क,रेलवे र हवाई क्षेत्रमा सहयोग मजबुत गर्नेछौ र सहयोगको नयां क्षेत्र पनि खोज्ने कोशिस हुनेछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily