+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

4KNationalDaily
२०७६ आश्विन २५, शनिबार १७:२५ बजे

काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्।

शनिबार साँझ पाँच बजेर १२ मिनेट जाँदा राष्ट्रपति भण्डारीले त्रिभुवन विमानस्थलमै पुगेर चिनियाँ समकक्षी सीलाई स्वागत गरेकी हुन्।

राष्ट्रपति सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरु ईश्वर पोखरेल र उपेन्द्र यादव, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख लगायतका विशिष्ट व्यक्तित्वहरु विमानस्थलमा पुगेर स्वागत गरेका थिए।

स्वागत लगत्तै राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाबाट विमानस्थलमै सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति सीको भ्रमणलाई विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको टोली उपस्थित भएको हो।

चीनका तर्फबाट यो २३ वर्षपछि भएको शीर्ष नेतृत्वको भ्रमण हो। यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily