+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ राष्ट्रपतिको सम्मानमा बाराको म:मदेखि इलामको चियासम्मका परिकार

4KNationalDaily
२०७६ आश्विन २५, शनिबार २०:४४ बजे

काठमाडौं- चिनियाँ राष्ट्रपति सि जिनपिङले दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार नेपाल आएका राष्ट्रपति सी राजधानीको होटल सोल्टी क्राउन प्लाजामा बस्ने व्यवस्था मिलाइएको छ।

सो होटलका पूरै कोठमा चिनियाँ पक्षले नै बुकिङ गरेको छ।

यतिबेला राष्ट्रपतिको सम्मानमा दिइने रात्रिभोजमा समावेश गरिने खानाको सूचीप्रति जिज्ञासा प्रकट भइरहेको छ। परराष्ट्र मन्त्रालयले सीको सम्मानमा दिइने खानाको सूची तय गरेको छ।

सो सूचीअनुसार बारा ममका साथमा लुक्ला सिमीसँग साँधेको भटमासबाट सुरू हुने रात्रीभोज इलामको चिया तथा गुल्मीको कफीमा पुगेर समापन हुनेछ।

यसैगरी दोस्रो चरणमा कुरिलो र क्वाँटीको रस समावेश गरिएको छ।

मुख्य खानाका रुपमा डबल रोस्टेड ल्याम्ब चप (दुई पटकसम्म तारिएको मासुको परिकार) र साँधेको लसुनको परिकार समावेश गरिएको छ। यसका साथै ब्ल्याक राइस चामलको परिकार पनि समावेश छ।

यसपछि डजर्ट हुँदै इलामको चिया तथा गुल्मीको परिकार सर्भ गरेपछि रात्रिभोजको कार्यक्रम समापन हुने बताइएको छ।

राष्ट्रपति सीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily