काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई गार्ड अफ अनर प्रदान प्रदान गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई नेपाली सेनाले सम्मानस्वरुप ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । नेपाली सेनाले २१ तोपको सलामी समेत दिएको छ ।
राष्ट्रपति सीलाई विमानस्थलमा समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए ।
राष्ट्रपति सी विमानस्थलबाट सोझै सोल्टी होटल प्रस्थान गर्नेछन् । दुई समकक्षीबीच शनिबार साँझ नै शीतल निवासामा शिष्टाचार भेटवार्ता हुनेछ ।
यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । देउवासँगको भेटवार्ता सकेर सी नेपाली समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।
भ्रमणदलमा राष्ट्रपति सीकी श्रीमती भने सहभागि छैनन् ।
प्रतिक्रिया