+
Search

ताजा अपडेट +

पपुलर +

सीको नेपाल भ्रमणः मिडिया अल्मल्याउने पहिलो जहाज !

4KNationalDaily
२०७६ आश्विन २६, आईतवार ०७:२४ बजे

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिनपिङको विशेष विमान अपरान्ह करिब ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सूचना थियो।

त्यसको डेढ घण्टाअघिदेखि नै अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान ठप्प पारिएको थियो।

सबैभन्दा पछिल्लो उडानको रुपमा ३ः०३ मा इन्डिगो एयरलाइन्सको जहाज दिल्लीतर्फ उडेपछि नेपाली आकाश खाली गरिएको थियो।

त्यसपछि राष्ट्रपति सीको स्वागतका लागि सडक र विमानस्थलमा उभिएका सर्वसाधारण तथा विशिष्ट व्यक्तिले आकाशतर्फ आँखा नचाइरहेका थिए।

त्यस्तै मिडियाकर्मीले फ्लाइठ ट्रयाक वेबसाइड नियालीरहेका थिए। करिब ४ बजे दक्षिण भारतीय सीमा हुँदै एयर चाइनाको विमान नेपाली आकाशतर्फ प्रवेश गर्यो।

सो विमान ठीक ४ः१५ मा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको केही मिनेटमै विभिन्न अनलाइनमा समाचार आयो– चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौँमा अवतरण।

जब कि, विमानस्थलभित्रै उपस्थित पत्रकारलाई भने सो विमानमा राष्ट्रपति सी नभएको जानकारी आइसकेको थियो।

चेन्नईबाट आएको जहाज काठमाडौँ अवतरण गरेकाले सो जहाजमा राष्ट्रपति नै भएको आमबुझाइका आधारमा समाचार बनेका खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

तर, बी–२४८२ कलसाइनको विमान अवतरण गरेको आधा घन्टा नाघ्दा पनि राष्ट्रपति झुल्किएनन्। त्यपछि ट्रयाकिङ वेबसाइडमा अर्को जहाजको खोजी हुन थाल्यो।

साइटमा कतै पनि जहाज देखिएको थिएन। ४ः४५ मा एयर चाइनाको दास्रो जहाज अवतरण गर्यो। बी–२४७९ विमान अवतरण गरेपछि धेरैले विश्लेषण गरे– राष्ट्रपतिको जहाजले राडारलाई संकेत नपठाइ अनौठो अबतरण गर्यो।

तर, विद्दहरुका अनुसार राडारमा संकेत नपठाई उडान र अवतरण गर्न सम्भवै छैन। विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार दुबै जहाज आउने भनेर आफूहरुलाई पूर्व जानकारी भएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily