+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताहरुबीच सामूहिक भेटवार्ता

4KNationalDaily
२०७६ आश्विन २६, आईतवार ११:३१ बजे

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग सामूहिक भेटवार्ता गरेका छन्।

आइतबार बिहान होटल सोल्टीमा राष्ट्रपति सी र नेकपाका शीर्ष नेताहरुबीच सामूहिक भेटवार्ता भएको हो।

भेटवार्तामा नेकपाका सचिवालय सदस्यहरु सबै सहभागी छन्।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सहभागी छन्।

त्यस्तै सचिवालय बाहिरबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि सो भेटवार्तामा सहभागी भएको नेकपाका एक नेताले जनाकारी दिए।

राष्ट्रपति सी नेपालको दुई दिने राजकीय भ्रमणका सिलसिलामा शनिबार काठमाडौँमा आएका हुन्।

उनले आजै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्र्ट भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily