+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल र चीनबीच २० वटा सम्झौता, रेलको सम्भाव्यता अध्ययन गरिने [सूचीसहित]

4KNationalDaily
२०७६ आश्विन २६, आईतवार १४:५५ बजे

काठमाडौं- नेपाल र चीनबीच दुईदेशीय रेलमार्गको संभाव्यता अध्ययन गर्ने समझदारी भएको छ।

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार दुई पक्षबीच यस्तो समझदारी भएको हो।

यसैगरी सगरमाथा संरक्षणका लागि सहयोग आदानप्रदानलगायतका २० बुँदे समझदारी भएको छ। यसमा १८ वटा समझदारी र २ वटा लेटर अफ एक्सचेन्ज गरी कूल २० बुँदे समझदारी भएको हो।

यस्ता छन् समझदारीका अन्य विषयः

नेपाल–चीन अन्तरदेशीय रेलसेवाको सम्भाव्यता अध्ययन

छेन्दुमा महावाणिज्य दूतावास स्थापना गर्ने

काठमाडौं– चीनको नाञ्जिङ सहरबीच भगिनी सम्बन्ध स्थापना

बुटबल र चीनको सियान सहरबीच भगिनी सम्बन्ध स्थापना, स्वास्थ्य सेवा सुधार सम्बन्धी समझदारी

प्रकोप जोखिम न्यूनीकरण गर्ने सम्बन्धी सम्झौता

कानूनी परामर्शबारे समझदारीपत्र,

त्रिभुवन विश्वविद्यालयमा भौतिक पूर्वाधार निर्माण सम्बन्धी समझदारीपत्र

नेपाली फलफूल चीन निर्यात गर्ने सम्बन्धी समझदारीपत्र

वाणिज्य क्षेत्रमा संयुक्त संयन्त्र गठन गर्ने सम्बन्धी समझदारीपत्र

औद्योगिक क्षेत्रलाई सहयोग गर्ने परियोजना सम्बन्धी समझदारीपत्र

सीमा व्यवस्थापन प्रणाली

सरकारी क्षमता विस्तारका लागि सहयोग आदान प्रदान

आपराधिक गतिविधि नियन्त्रणका लागि दुईपक्षीय कानुनी सहयोग आदानप्रदान

सगरमाथा संरक्षणका लागि सहयोग आदानप्रदान

नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच मुख्य परियोजनामा उत्पादकत्व क्षमता विस्तार गर्ने

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily