+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति सी–प्रधानमन्त्री ओली भेट : चीनलाई टुक्राउन लागि परेका शक्तिहरुको अस्तित्व नै समाप्त पार्छौं

4KNationalDaily
२०७६ आश्विन २६, आईतवार १५:४४ बजे

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई टुक्राउन लागिपरेका शक्तिहरुको अस्तित्व नै समाप्त पार्ने चेतावनी दिएका छन् ।

दुई दिने नेपाल भ्रमणमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट वार्ताका क्रममा आइतबार सीले चीनलाई विभाजन गर्न लागि परेका विदेशी शक्तिहरुलाई चिनियाँ नागरिकले पराजित गर्ने बताएका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल चीनको एक राष्ट्र नीतिप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै चीनको सार्वभौसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्ने बताएका सिन्हवाले उल्लेख गरेको छ ।

ओलीले चीनविरुद्ध गतिविधि गर्ने शक्तिहरुलाई नेपालको भूमि प्रयोग गर्न नदिने वाचा गरेका थिए ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच सोल्टी होटलमा भएको भेटवार्तामा करिब आधा घण्टा वार्ता भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily