+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय नाचघर जमलमा प्रवासी गोरखालीहरुको अन्तरक्रिया

4KNationalDaily
२०७६ आश्विन २६, आईतवार १६:०९ बजे

काठमाडौं- गैरआवसीय नेपाली सङ्घ (एनआरएन) को निर्वाचन मिति नजिकिँदै जाँदा विदेशमा रहेर गोरखा जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निभाएका प्रवासी गोरखालीहरुले बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

प्रवासी गोरखालीहरुले जमलस्थित राष्ट्रिय नाचघर जमलमा असोज २७ गते एनआरएनका वर्तमान उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार कुमार पन्तको उपस्थितिमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

पन्त गोरखा फुजेल निवासी हुन् । बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम साँझ ६ बजेबाट सुरु हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily