काठमाडौं- दरबारमार्गस्थित क्लब भिक्ट्रीमा आगलागी भएको छ ।
आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार ‘आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन । थप विवरण आउन बाकिँ छ ।
प्रतिक्रिया