+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला मधेशी नेताहरुलाई वेवास्ता गरिएको भन्दै बाबुरामको आपत्ति

4KNationalDaily
२०७६ आश्विन २७, सोमबार ०८:३७ बजे

काठमाडौं– समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको सी चिनफिङको नेपाल भ्रमणका बेला मधेश केन्द्रित पार्टीका नेताहरुलाई वेवास्ता गरिएको प्रति आपत्ति जनाएका छन् ।

उनले चिनियाँ राष्ट्रपतिसँग मधेशी नेताहरुको पनि भेटघाट गराउनुपर्नेमा सरकारले वेवास्ता गरेको भन्दै विरोध जनाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकारको कार्यशैलीले गलत परम्पराको विकास भएको भन्दै यस्ता संवेदनशील कुरामा ध्यान पु-याउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे टिप्पणी गर्दै भट्टराईले उत्तरी देशका नेता आउँदा हिमाल/पहाड र दक्षिण देशका नेता आउँदा मधेश/तराई हेर्ने परम्परा सरकारले बसाल्न खोजेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले भनेका छन्, ‘उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्थ्यो ।

अन्यथा उत्तरी छिमेकीले हिमालरपहाड र दक्षिण छिमेकीले मधेसरतराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ !’ भट्टराईले भावनात्मक कुरामा संवेदनशील हुनुपर्ने पनि बताएका छन् ।

भट्टराईले चिनियाँ राष्ट्रपतिको भ्रमणको बेला कार्यकारी प्रधानमन्त्री अगाडि सर्नुपर्नेमा राष्ट्रपतिलाई अगाडि सारिएको भन्दै विरोध जनाएका छन् । उनले औपचारिक वार्ता र सहमतिहरु कार्यकारीसँग गर्ने परम्परालाई ध्यान नपु¥याइएको पनि बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily