काठमाडौं- रिक्त रहेको सभामुख कसलाई बनाउने भन्नेमा सत्तारुढ दल नेकपामा आन्तरिक गृहकार्य थालिएको छ।
तत्कालिन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यबहार प्रकरणमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका थिए।
सत्तारुढ नेकपाभित्र सभामुख पदमा चयन हुन ठूलो कसरत सुरु भएको खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।
नेकपामा पूर्व एमाले खेमाबाट सुवास नेम्बाङ र पूर्व माओवादीबाट देव गुरुङ, अग्नी सापकोटा र ओनसरी घर्ती लबिङमा छन्।
ओलीको रुची नेम्बाङप्रति छ। तर अर्का अध्यक्ष प्रचण्ड पूर्व माओवादी खेमाबाट सभामुख बनाउन चाहन्छन्।
प्रतिक्रिया