+
Search

ताजा अपडेट +

पपुलर +

यी हुन् अध्ययन हुँदै गरेका १३ सुरुङमार्ग

4KNationalDaily
२०७६ आश्विन २८, मंगलवार ०७:१८ बजे

काठमाडौं- सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग र अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ।

तीमध्ये ८ सुरुङमार्गको पूर्व सम्भाव्यता अध्ययन भइसकेको र पाँच वटाको बाँकी रहेको खबर आजको कान्तिपुर दैनिकमा दिनेश रेग्मीले लेखेका छन्।

नागढुंगा–सिस्नेरी सुरुङमार्ग निर्माण हुने क्रममा छ। यो सुरुङमार्ग अर्को साता शिलान्यास हुँदैछ।

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालू आर्थिक वर्ष १२ सुरुङमार्गको अध्ययन गर्ने उल्लेख छ।

सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत पूर्वसम्भाव्यता अध्ययनका लागि ५९ करोड रुपैयाँ खर्च छुट्याइएको छ।

यी हुन् प्रस्तावित १३ सुरुङमार्ग

१. बुटवल -सिद्धबाबा

२. टोखा -छहरे- गुर्जे भन्ज्याङ

३. कोटेश्वर -जडिबुटी

४. खुर्कोट- चियाबारी

५. कैलाली खुटिया -बीपीनगर -दिपायल खण्ड

६. थानकोट -चित्लाङ

७. गोदारी (ललितपुर)- मानेचौर (काभ्रे)

८. नयाँ बानेश्वर अन्डरपास

९. कुलेखानी- भिमफेदी

१०. हेम्जा नयाँ पुल (पोखरा बागलुङ सडक)

११. दोलखाको लामाबगर

१२. बुटबल नारायणगढको दाउन्ने खण्ड

१३. बेत्रवटी -घट्टेखोला (स्याफ्रुबेसी)

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily