+
Search

ताजा अपडेट +

पपुलर +

सन्तानको बिषयमा स्वस्तिमाले भनिन्, ‘केही बर्ष अझै योजना छैन’

4KNationalDaily
२०७६ आश्विन २८, मंगलवार ०७:२४ बजे

काठमाडौं- रियल जोडी निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको विवाह भएको ४ बर्ष बितिसकेको छ ।

अभिनयमा ब्यस्त यो जोडीको अहिलेसम्म बच्चाको प्लान छैन । सायद त्यसैले पनि होला उनीहरु अचेल एकसाथ जहाँ देखिन्छन् । त्यहाँ एक प्रश्न सोध्ने गरिन्छ । बच्चा कहिले हुन्छ ?

सोमबार काठमाडौको कमलपोखरी स्थित बिग मुभिजमा आयोजना भएको फिल्म ‘घामड शेरे’को ट्रेलर रिलिज कार्यक्रममा पनि उनीहरुमाथि यो प्रश्न तेर्सिएको थियो ।

उक्त अवसरमा अभिनेत्री स्वस्तिमाले अहिले सन्तान जन्माउने आफुहरुको कुनै योजना नरहेको जानकारी दिइन् ।

कार्यक्रममा अभिनेत्री स्वस्तिमाले आफुहरुको सन्तान अझै केही वर्षपछि आउने तर कडा आउने बताइन् । उनले भनिन्, ‘ढिलो आउँछ तर कडा आउँछ ।’ स्वस्तिमाको जवाफमा निश्चिल भने हाँसीरहे ।

अभिनेत्री स्वस्तिमा पछिल्लो समय फिल्म करिअर उकालो लागेको छ । उनले एकपछि अर्काे राम्रो फिल्ममा काम गर्ने अवसर पाइरहेकी छन् । केही वर्ष उनको राम्रा र प्रभावशाली फिल्म खेल्ने योजना छ ।

ट्रेलर सार्वजनिक गरिएको फिल्म ‘घामड शेरे’ कार्तिक ८ गते प्रदर्शनमा आउँदैछ । फिल्ममा निश्चल र स्वस्तिमाकै मुख्य भूमिका रहेको छ । फिल्मका निर्देशक हेमराज विसी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily