काठमाडाैं- गैर आवासीय नेपाली संघको नवौ सम्मेलन यहि अक्टोबर १५ देखि १७ सम्म काठमाडौ को हायत रेजिन्सी होटेलमा सम्पन्न हुँदै छ ।
बिश्व भरि छरिएर रहेका नेपालीको छाता संगठनको नवौ सम्मेलनमा करिब २८ सय प्रतिनिधि रहने जनाएको छ ।
संगठनको सम्मेलनलाई चुनावी महाकुम्भको रुपमा लिन सकिन्छ। विशुद्व गैह्रराजनितिक संस्था मानिएपनी देशमा बिध्यमान राजनैतिक दलको चुनाव जस्तै देखिन्छ ।
सदाको जस्तै यो पटक पनि नेकपा र काङ्ग्रेस सम्बद्ध प्यानलको भिडन्त हुने देखिन्छ। यस पटकको चुनावी मैदान अध्यक्षमा कुमार पन्त र कुल आचार्यको प्रतिस्पर्धा हुने पक्का पक्की भएको छ।
पन्त नेकपा र आचार्य काङ्ग्रेस निकट मानिन्छ्न । दुबैले आफ्नो आफ्नो प्यानल सार्बजनिक गरिसकेका छ्न । जस्को जित भएपनी करिब २ सय मतले तलमाथी हुने आंकलन गरिएको छ ।
अध्यक्षका प्रत्यासी नेकपा र काङ्ग्रेस निकट भएपनि निर्णायक शक्तिको रुपमा समाजबादी पार्टीलाई लिइएको छ ।
३ सय भन्दा माथी समाजबादी निकट प्रतिनिधि रहेको अन्दाज गरिन्छ । समाजबादी निकट प्रतिनिधीले जस्लाई समर्थन गर्छ त्यही प्यानल बिजयी हुने निश्चित छ ।
यहि सुइको पाएर समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई समक्ष हार गुहार गर्न प्रत्यासीहरु पुगेका छन । करौडौको खर्चमा सम्पन्न हुने यो महाकुम्भमा यो पटक पनि करौडौ खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया