काठमाडौं- नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छोडेका छन् ।
झण्डै दश वर्षदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले कप्तान पद छोड्ने घोषणा गरेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको बताएका हुन् ।
उनको कप्तानीमा नेपालले टी–२० विश्वकप खेल्यो भने एकदिवसीय मान्यता पनि पायो । अब नेपाल टेष्ट नेशन बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बेला पारसले कप्तानी हस्तान्तरणको निर्णय लिएका हुन् ।
https://www.facebook.com/official.ParasKhadka/photos/a.707615565943295/2555504741154359/?type=3
प्रतिक्रिया