+
Search

ताजा अपडेट +

पपुलर +

कात्तिक १० भित्र प्रतिनिधिसभा र प्रदेश सांसदका उम्मेदवारको नाम सिफारिस गर्न नेकपा सचिवालयको निर्देशन

4KNationalDaily
२०७६ आश्विन २९, बुधबार १६:४९ बजे

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संगठन विभागमा ३ जना सदस्यलाई थप गरेको छ।

विभागमा बामदेव गौतम र जनार्दन शर्माका अतिरिकत ३ सदस्यहरु अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरिएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले संगठन विभागमा थप ३ जनालाई चयन गरिएको र विभागले अझै पर्णता नपाएको समेत जानकारी दिए।

प्रवक्ता श्रेष्ठले मंसिर १४ मा हुने उपनिर्वाचानमा नेकपाको उम्मेदवार सिफारिस तथा टुंगो लगाउन प्रदेश तथा तल्लो तहका कमिटीहरुलाई निर्देशन समेत दिने निर्णय गरेको बताए।

उनका अनुसार प्रतिनिधसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनको हकमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीको परामर्शमा प्रदेश कमिटीले ३ जनाको नाम कात्तिक १० भित्र सिफारिस गरिसक्नुपर्नेछ।

उनले भने, ‘सोपश्चात् पार्टी केन्द्रले अन्तिम निर्णय लिनेछ। जहाँ निर्वाचन क्षत्रीय कमिटी बनेको छैन त्यहाँ जिल्ला र प्रदेश कमिटले नै सिफारिस गर्नेछ।’

स्थानीय तहअन्तर्गत नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखको निर्वाचनको हकमा सम्न्धित गाउँ वा नगर कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले उम्मेदवार टुंगो लगाउने समेत उनले बताए।

वडाको हकमा सम्बन्धित वडा कमिटी र सम्बन्धित गाउँ वा नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्ने निर्णय भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily