काठमाडौं- सुरा र सुन्दरीसँग जोडिएर पटक पटक विवादमा आइरहने पूर्व युवराज पारस शाह यस पटक मोडल सोनिका रोकायासँग जोडिएएका छन्।
तीन दिन पोखरामा सँगै बसेर उनीहरुले रासलिला मच्चाएका खबर आज प्रकाशित शुक्रबार साप्ताहिकमा मनोज घर्तीमगर र रीना मोक्तानले लेखेकी छन्।
पछिल्लो सयम पारस र सोनिका सँगै रहेको टिकटक भिडियो भाइरल भएको छ। सोनियाले बनाएको टिकटकमा मुसुक्क हाँसेर साइड लाग्ने अधवैँसे उनै पारस हुन्। अनि टिकटक खिचिएको दृश्य पोखराको कुनै होटलको।
शाहज्यादा, युवराज हुँदै पूर्वयुवराज बनिसक्दा पनि आफ्नै व्यवहारका कारण पारस पटकपटक विवादमा आइरहेका छन्।
कहिले प्रहरीलाई कुटेर त कहिले ट्राफिक नियम तोडेकामा गाडी रोक्न खोज्ने ट्राफिक प्रहरीलाई नै किच्न खोज्ने उनको उग्र व्यवहार देखिइनै रहेको छ।
सुरा र सुन्दरी पनि छुटेको छैन उनको विवादमा। चार वर्ष थाइल्याण्ड बसाईमा उतैकी युवती कन्किा चाइसानसँगको प्रेम सम्बन्ध सार्वजनिक भएको थियो।
कन्निकाले पारस आफ्ना श्रीमान भएको र उनको तर्फबाट एकजना सन्तानसमेत रहेको भन्दै एक बालकको तस्बिरसमेत सार्वजनिक गरेकी थिइन्।
श्रीमती हिमानी शाहसँग उनको ठाकठुक त पुरानै हो। कानुनी रुपमा यी दुबै श्रीमान श्रीमती भए पनि सँगै बस्दैनन्। हिमानी निर्मल निवासमा बस्छिन्। पारसलाई निर्मल निवासमा प्रवेश अनुमति छैन।
मोडल सोनिकाले अफेयर नभए पनि आफू पारससँग निकट भएको बताएकी छन्।
प्रतिक्रिया