+
Search

ताजा अपडेट +

पपुलर +

किन दिएनन् महराले सांसद पदबाट राजीनामा ?

4KNationalDaily
२०७६ कार्तिक २, शनिबार १६:३८ बजे

काठमाडौं– संसदीय सचिवालयकी एक महिला कर्मचारीलाई जवर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेता नरहेको बताइएको छ ।

नेकपाले महरालाई सभामुख तथा सांसदबाट राजीनामा दिन सुझाव दिएको थियो तर उनले सभामुखबाट राजीनामा दिए पनि हालसम्म सांसद पदबाट राजीनामा दिएका छैनन् ।

उनले आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर राजीनामा नदिएको उनी निकट नेताहरु बताउँछन् ।

उनको भनाई उदृत गर्दै नेकपाका एक नेताले भने, ‘मैले किन राजीनामा दिने ? म अहिले नेकपामा छैन त्यही भएर सो पार्टीको सुझाव मान्न बाध्य छैन ।’

उनको भनाइसँग नेकपाका प्रमुख सचेतक देव गुरुङको धारणा पनि ठ्याक्कै मिल्छ ।

उनले भने, ‘सभामुखमा चयन भएपछि उहाँले पार्टीबाट राजीनामा दिनुभएको थियो । पछि फेरि उहाँ पार्टी जोडिनुभएको थाहा छैन । पार्टीमै नभएका व्यक्तिलाई नेकपाले सुझाव दिने हो, दवाव दिन वा निर्देशन दिन मिल्दैन ।’

सभामुख र उपसभामुख नियुक्त हुँदा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी थिए । तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख बने भने एमालेको तर्फबाट शिवमाया तुम्वाहम्फे उपसभामुख बनेकी थिइन् ।

असोज १२ गते राति संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको घरमा गएर जवर्जस्ती करणी गरेको आरोप महरामाथि छ । असोज १४ गते नेकपा सचिवालयको बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो ।

निर्णय आएकै दिन सभामुखबाट राजीनामा दिएपनि उनले संसदबाट राजीनामा दिएका छैनन् ।

उनी पुनः संसदमा फर्किने आशमा देखिन्छन् । उनका एकजना सहयोगीले भने, ‘महारा सरले न्याय पाउनु हुन्छ, उहाँमाथि लागेको आरोप गतल सावित हुनेछ र उहाँ पुनः संसदमा आउनु हुन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily