+
Search

ताजा अपडेट +

पपुलर +

धार्चे गाँउपालिकाका २ सय ५४ जना घरधनीलाई सम्पन्नता प्रमाणपत्र वितरण

4KNationalDaily
२०७६ कार्तिक २, शनिबार १६:४३ बजे

गाेरखा- धार्चे गाँउपालिकामा पुनर्निर्माण सम्पन्न गरेका २ सय ५४ जना घरधनीलाई सम्पन्नता प्रमाणपत्र वितरण गरिएको छ ।

धार्चे गाँउपालिकाको आयोजनामा वडा नम्बर ७ लापुबेसी स्थित ह्यारी हिलमा आयोजित कार्यक्रममा पुनर्निर्माण सम्पन्न गर्ने घरधनीलाई निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरिएकाहो ।

कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष फूलमाया गुरुङले विभिन्न कठिनाईका बाबजुद् निर्माण सम्पन्न गर्ने घरधनी तथा पालिकामा कार्यरत विभिन्न संघसस्थालाई आभार प्रकट गरिन्।

उनले आगामी दिनमा मापदण्ड पुर्याएर भूकम्प प्रतिरोधी घर बनाउने घरधनीलाई सम्बन्धित वडामै गएर सम्पन्नता प्रमाणपत्र वितरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उपाध्यक्ष गुरुङले भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना लगायतका सहयोगी संघसंस्थाका कारण धार्चे गाँउपालिकामा पुनर्निर्माणले गति लिएको बताइन्।

यस्तै, जिल्ला आयोजना तथा अनुदान व्यवस्थापन कार्यान्वयन इकाई जिमाली प्रमुख रामशरण आचार्यले पुनर्निर्माण सम्पन्नता प्रमाणपत्रले घरधनीलाई नीतिगत रुपमा समेत सहज हुने बताए ।

उनले घर पुनर्निर्माण सम्पन्नताको प्रमाणपत्र नीतिगत दस्तावेज भएकाले बैंकिंग कारोबार लगायत अन्य क्षेत्रमा समेत सहज हुने उल्लेख गरे ।

आचार्यले पुनर्निर्माण सम्पन्नता प्रमाणपत्र दिँदै पुनर्निर्माण प्रक्रियामा संलग्न सम्पुर्ण निकायलाई धन्यवाद ज्ञापन व्यक्त गरे ।

यस्तै, भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाका जिल्ला संयोजक राम सापकोटाले पुनर्निर्माण कार्यले गति लिएको भन्दै सुरक्षित र सुन्दर धार्चे निर्माणमा मद्दत मिल्ने उल्लेख गरे ।

उनले भूकम्प पश्चात पुनर्निर्माण भएका घर तथा आगामी दिनमा बन्ने संरचना पनि भूकम्प प्रतिरोधी बनाउन सबैजना मापदण्ड अनुसार बनाउन अग्रसर हुनुपर्ने बताए ।

यसैबीच, परियोजनाले धार्चेको तीनवटा वडा नम्बर ५, ६ र ७ मा वडा सामाजिक प्राविधिक सहजिकरण गरिरहेको छ । ती वडामा परियोजनाका लाभग्राही १६ सय ६९ घरेधुरी रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily