काठमाडौं- मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा विराटनगर टाईटन्सलाई ५३ रनले पराजित गर्दै चितवन शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनले दिएको १२३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १७ ओभर ५ बलमा अलआउट हुँदै ६९ रनमा समेटियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो ।
प्रतिक्रिया