गाेरखा- गोरखा नगरपालिका वडा नम्वर १० को छेवेटारमा गते ३० गतेवाट संचालित मेलाको कारण चार सय भन्दा वढी विद्याथीको पढाई ठप्प भएको छ ।
स्थानीय सूर्योदय युवा क्लवले मेला संचालनको लागि विद्यालयसंगैको स्थान चयन गरी मेला सुचारु गरेपछि उक्त संख्याका विद्यार्थीहरुको पढाई वन्द भएको हाे ।
करिव १० दिनसम्म चल्ने मेलाका लागि विद्यालयले अभिभावकहरुसंग कुनै परामर्श नै नगरी एक्कासी विद्यालय वन्द गरेपछि विद्यार्थीहरुको भविष्य अन्धकार हुने भन्दै अभिभावकले गुनासो गरेका छन् ।
नाम नखुलाउने शर्तमा एक अभिभावकले भने, ‘विद्यालय संचालकहरुको व्यक्तिगत फाइदाको लागि यसरी हठात विद्यालय वन्द गर्नु विद्यालय र विद्याथीको भविष्यभन्दा पनि पैसा र रमाइलोप्रति केन्द्रित भएको देखिन्छ।’
गुणस्तरीय शिक्षा प्राप्त गर्ने उद्धेश्यले गाँस कटाएर शूक्ल तिरेर पठाएको विद्यालयको यो मनोमानीले विद्यालय र शिक्षाप्रति नै वितृष्णा उत्पन्न गराउने अर्का एक अभिभावकले गुनासो गरे ।
छेवेटारमा मेला गर्नका लागि अरु पनि उपयुक्त ठाउँ हुँदाहुदै पनि क्षणिक स्वार्थमा लाग्दा आफ्ना वावुनानीहरुको पढाई नै प्रभावित भएको भन्दै अभिभावकहरुले गुनासो गरेका छन् ।
अहिलेको विदाको सट्टामा जाडो विदामा पढाउने तयारी गरेको विद्यालयले वताएको छ । विद्यालयका प्रिन्सिपल शिवलाल श्रेष्ठका भन्छन् ‘अहिलेकाे विदा दिएर पुस-माघमा जाडाे विदामा स्कुल सञ्चालन गर्ने गरी विदा दिने निर्णय गरेका छाैं ।’ यससम्वन्धमा नियमन निकाय नगरशिक्षा कार्यालय पनि वेखवर रहेको पाइन्छ ।
स्थानीय युवा क्लवले एकलौटी ढंगले स्थानीय तह र वडा कार्यालय तथा स्थानीय वासीसंग समन्वय नै नगरी एकलौटी ढंगमा क्राउड इभेन्ट म्यानेजमेन्ट प्रालि काठमाडाैंलाई ६ लाख ठेक्कामा मेला आयोजना गर्न दिएको छ ।
ठेक्कामा मेला आयोजना गर्दा स्थानीय कला संस्कृति पहिचान तथा उत्पादनले कुनै पनि प्राथमिकता पाएको छैन भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले अघोषित रुपमा मेला वहिष्कार समेत गरेको आयोजक क्लवकै एक सदस्यले वताए ।
‘मेलामा नेकपाका वडा देखि जिल्ला तह सम्मका कुनै पनि नेता तथा कार्यकर्ताको सहभागिता रहेन ।’ क्लवलाई राजनीतिककरण गर्दा यस्तो समस्या आएको वताउदै उनले थपे , ‘सवैको साझा हुनुपर्नेमा सामाजिक संस्था पनि राजनीतिक थलो वन्नु दुर्भाग्यपूर्ण छ ।’
‘मेला सवैको हुनुपथ्र्यो तर स्वार्थका कारण ठेक्कामा कार्यक्रम गर्न दिदा छेवेटारको वास्तविक पहिचान नै हरायो ।’ एक स्थानीयले भने, ‘हरेक कुरालाई राजनीतिक आँखाले हेर्ने केही युवाहरुको कारण समाज विग्रहमा जाने खतरा छ, ६ लाखमा पहिचान विक्री भएको छ, यसले कसैको फाइदा गर्दैन ।’
यता नेकपा वडा कमिटिका एक सदस्यका अनुसार नेकपावाट निर्वाचित वडा अध्यक्षसंग समन्वय नै नगरी अपमानजनक व्यवहार भएपछि यस्तो अवस्था आएको तर वहिष्कार गर्ने पार्टीको कुनै पनि लाइन नभएकाे बताए ।
दरौदीमा र्याफ्टिङ गर्ने भनेर व्यापक प्रचारप्रसार गरियो तर जनता ठाँट्ने काम भएको भन्दै अर्का एक स्थानीयले भने ‘यो मेला नै पहिलो र अन्तिम वन्ने सम्भावना वढेर गयो ।’
यसअघि पनि सूर्योदयले पहिलो खुल्ला भलिवल प्रतियोगिता गरेको थियो त्यसको दोस्रो संस्करण ४ वर्ष वितिसक्दा पनि हुन सकेन भने तीज गीत प्रतियोगितापनि ४ वर्ष अगाडि भएकोमा त्यसपछि कुनै पनि कार्यक्रम हुन सकेको छैन ।
मेलामा हेलिकोष्टरवाट दृष्य अवलोकन गराइएको छ । हवाईभाडा पनि चर्को लिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् ।
प्रतिमिनेट १००० परेको भन्दै एकले भने , ‘३ मिनेट छेवेटारको आकासमा उडेर कसरी दृष्यावलोकन हुन्छ, ३ मिनेटमा ३ हजार सिध्याउने काम मात्रै भयो ।’
प्रतिक्रिया