काठमाडाैं- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ ।
जारी सिजनको लिगमा एक खेल पनि नहारेको लिभरपुलको यो यात्रामा युनाइटेडले ब्रेक भने लगाएको छ ।
युनाइटेडका लागि निकै महत्वपूर्ण रहेको खेलमा युनाइटेडले एक गोलको अग्रता जोगाउन सकेन ।
वर्ल्ड ट्राफोर्डमा ७३ हजार दर्शकमाझ भएको खेलमा लिभरपुलले पुरै खेलमा दबाब दिएको थियो ।
६५ प्रतिशत बल पोसेसन राखेको लिभरपुलविरुद्ध खेलको ३६ औं मिनेटमा युनाइटेडले घरेलु दर्शकमाझ अग्रता बनाएको थियो ।
पहिलो हाफको अन्तिममा लिभरपुलले गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो ।
साडीयो मानेले लिभरपुलका लागि गोल गरे पनि भीएआरले उनको गोललाई मान्यता दिएन । उनले हातले बल छोएको देखिएको थियो ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइटेडविरुद्ध ८५ औं मिनेटमा लिभरपुलले खेल बराबरी गर्न सफल भयो ।
उसका लागि लालानाले गोल गर्न सफल भए । त्यसपछि पनि लिभरपुलले बारम्बार दबाब दिएको थियो ।
यता युनाइटेडले अन्तिममा युनाइेटडले एउटा उत्कृष्ट मौका पाएको थियो भने इन्जुरी समयको दोस्रो मिनेटमा एलेक्स चाम्बरलिनको प्रहार सही दिशामा रहन सकेन । उनले गोलकिपर डेविडलाई बिट गरिसकेको अवस्थामा पनि गोल गर्न सकेन ।
यो बराबरीले लिभरपुलले नौ खेलमा २५ अंक बनाएको छ भने सातौं स्थानमा उक्लिएको युनाइेटडको १३ अंक छ ।
प्रतिक्रिया