+
Search

ताजा अपडेट +

पपुलर +

प्राविधिक शिक्षा अध्यापन गराउन राष्ट्रिय माविमा ‘महायज्ञ’

4KNationalDaily
२०७६ कार्तिक ४, सोमबार ०८:३६ बजे

गाेरखा- प्राविधिक शिक्षा अध्ययन गर्न आर्थिक समस्या परको गोरखा नगरपालिका वडा नं ३ घलाञको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा कार्तिक १ गतेबाट संचालित महायज्ञमा ३ गतेसम्म ५ लाख संकलन भएको छ ।

३ वर्षे पशु विज्ञान सम्वन्धी प्राविधिक शिक्षा अध्यापन गराउने उदेश्यले सुरु गरिएको सो महायज्ञमा १ करोड उठ्ने अनुमान गरिएको विद्यालयको प्रधानाध्यापक नवराज वस्नेतले जनाए ।

कार्तिक ९ गतेसम्म चल्ने सो महायज्ञमा प्रमुख बाचक तथा युवा पंडित इश्वर रेग्मी तथा विश्व शान्ति फाऊन्डेशनको अध्यक्ष एवं नेपाल हिन्दु महासंग धादिङका अध्यक्ष वासुदेव रेग्मीले महायज्ञमा आफ्नो बाचन गर्दै आएका छन् ।

महायज्ञमा सुरुको दिन भएर दानविरहरु कम आएतापनि यसको महत्व वुझ्नै आएपछि अवको दिनमा दान दिने दाताहरुको संख्या वढ्ने विद्यालयले जनाएको छ ।

सो महायज्ञमा एक हजार ८ सालिग्राम दर्शन, तुलादान, श्रीमद्भागवद् सप्ताह, लाखवत्ती, भगवानको विविध लिला, भक्ति संगीत, भजन लगायत संचालन भएको सो महायज्ञ मुल आयोजक समितिका संयोजक प्रदिप थापाले वताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily