+
Search

ताजा अपडेट +

पपुलर +

उपत्यकाका नेवार समुदायले १३ कात्तिकमा भाइटीका लाउने, १३ गते पनि सरकारले बिदा दिने

4KNationalDaily
२०७६ कार्तिक ५, मंगलवार ०७:१८ बजे

काठमाडौं- काठमाडौँ उपत्यकाका जनप्रतिनिधिहरुले नेवार समुदायको भाइटीकाको दिन कात्तिक १३ गते सार्वजनिक विदा दिन सरकारसँग माग गरेका छन्।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी नेवार समुदायले आफ्नै पात्रोअनुसार मनाउने पर्व भाइटीकाको दिन सार्वजनिक विदा दिन माग गरेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

पञ्चांग निर्णायक समितिको पात्रोअनुसारको तिहारको भाइटीका कात्तिक १२ गते परेको छ भने नेवार समुदायको पात्रोअनुसार भाइटीका कात्तिक १३ मा परेको छ।

सरकारले भने १२ गते बिदा दिएको तर, नेवार समुदायको भाइटीकाको दिन भने विदा दिइएको छैन।

प्रदेश ३ का नेकपाका सांसद राजेश शाक्यले भेटमा प्रधानमन्त्रीले १३ गतेको भाइटीकाको दिन पनि बिदा दिने आश्वासन दिएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily