आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको ५ गते मंगलवार हो ।
कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको नवमी तिथि राति ११।२४ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् ।
सूर्य तुला राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । तिष्य नक्षत्र दिवा १।४५ बजेसम्म रहनेछ ।
यसैगरी आज साध्य योग र तैतिल करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।८ मा छ भने सूर्यास्त बेलुका ५।२७ बजे हुनेछ ।
चन्द्रमा आज कर्कट राशिमा छन् ।
आज मंगलवार राता वस्तुको प्रयोगसँगै गणेशजीको उपासना शुभ रहनेछ
आजको तपाइको राशिफल
मेष
चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीत लिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । रमणीय यात्राको सम्भावना रहेको छ।
वृष
सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । दाम्पत्य जीवन सुखद रहला
मिथुन
सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनु हुनेछ ।बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । पढाई लेखाईमा राम्रै सफलता हात लागि हुनेछ।
कर्कट
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । सरकारी कार्यमा लाभ मिल्नेछ। पारिवारिक सुख समृद्धि बढेर जाला।
सिंह
बन्द व्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । शत्रुले नकारात्मक समयको फाइदा उठाउलान सजक रहनुपर्ने छ।
कन्या
चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आकस्मिक धन लाभ भएर जानेछ।
तुला
परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । यद्धपी स्वादिष्ट भोजनको अवसर मिल्नेछ। व्यापार व्यवसायको क्षेत्रबाट राम्रै सफलता हात लागि हुनेछ। ,
वृश्चिक
सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । सहयोगको आशा देखाउनेहरुले झुक्याउने छन।
धनु
यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल रहेको छ। पारिवारिक असमझदारी बढ्ने छ। नोकरी व्यवसायमा खासै प्रगति हुने देखिदैन।
मकर
मनोरञ्जन पूर्ण समय रहेको छ। दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । कार्यभार बढ्नेछ। अनावश्यक खर्चले गर्दा आर्थिक मन्दीले सताउला।
कुम्भ
नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । साथीभाईअकिओ प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ।
मीन
पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक क्षेतमा मान प्रतिष्ठामा वृद्धि हुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। समक्ग्रमा तपाईका लागि आजको दिन शुभ फलदायी रहेको छ।
पं. शिव प्रसाद उपाध्याय
ज्योतिषाचार्य, वास्तुविद्
प्रतिक्रिया