गोरखा- जिल्ला प्रसासन कार्यालय गोरखाले तिहारका बेला राती १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ ।
कार्यालयले चाडपर्वका बेला शान्ती सुरक्षालाई दृष्टिगत गर्दै देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो ।
प्रसासनले आज एक सूचना जारी गरि तिहारमा राती अबेरसम्म देउसीभैलो गर्दा अवान्छित गतिविधीमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पार्न सक्ने भएकाले तोकिएको समयमा मात्र देउसी भैलो खेल्न आग्रह गरेको हो ।
कार्यालयले तिहार र छठमा भूइचम्पा, पटाका र अतिसवाजी जस्ता विस्फोटक पदार्थको किनबेच तथा प्रयोग नगर्न पनि प्रसासनले सवैलाई आग्रह गरेको छ ।
यस्ता पदार्थले सर्वसाधरणको स्वास्थ्य तथा सुरक्षामा प्रतिकुल असर पर्ने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुनसक्ने भएकोले विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात, बिक्री वितरण, ओसारपसार तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको भन्दै प्रयोग नर्गन आग्रह गरेको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रमुख प्रसासकिय अधिकृत गौतम भण्डारीले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
केही कसैले अटेर गरि यस्ता खालका गतिविधी गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने प्रसासनले जनाएकोे छ ।
प्रतिक्रिया