+
Search

ताजा अपडेट +

पपुलर +

बारपाक र लाप्राकको सिमा बिबाद सुल्झाउन ७ बुदेँ सहमती

4KNationalDaily
२०७६ कार्तिक ७, बिहीबार ०९:२५ बजे

गोरखा- बारपाक सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राक बिच लामो समयदेखिको सिमा बिबाद सुल्झाउन ७ बुदेँ सहमती भएको छ ।

जिल्ला समन्यव समिति गोरखाको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षिय बैठकमा साविकको दुई गा.वि.स बिचको सिमा बिबाद मिलाउन सहमती भएको हो ।

दुईदिनदेखि लगातार भएको सर्वपक्षीय बैठकले बारपाक र लाप्राक बिचको सिमानालाई बैज्ञानिक ढंगले सिमाकंन गर्ने निर्णय भएको जिल्ला समन्यव समिति गोरखाका प्रमुख असोक कुमार गुरुङले जानकारी दिए ।

‘सिमांकनका लागि स्थानीय दुवै तर्फका वस्तीहरुको परामर्समा संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने सहमति भएको छ’ उनले भने ।

‘तत्कालका लागि भने दुवै गाउँपालिकाले परापूर्वकालदेखि प्रयोग गर्दै आएका सिमानाका खर्कहरु सोही अनुसार प्रयोग गर्ने सहमती भएको छ’ उनले भने ‘दुवै गाउँपालिकाको तर्फबाट यसअघि प्रयोग गर्दै आएका सिमानाका खर्कहरु आफु–आफूले प्रयोग गर्दै जाने र एक अर्कामा गाउँले हस्तक्षप नगर्ने निर्णय पनि भएको छ ।’

‘परापूर्व कालदेखि भोगचलन गर्दै आएका खर्कहरु पहिले जे जसरी प्रयोग हुदै आएका छन् त्यसलाई निरन्तरता दिने सहमति पनि भएको छ ।’

उनले केहिदिन अघि लाप्राक पुग्ने सडकखण्ड निर्माणमा भएको अबरोधलाई हटाउने निर्णय पनि सर्वपक्षिय बैठकमा भएको प्रमुख गुरुङले जानकारी दिए ।

‘बारपाक–लाप्राक सडकखण्ड मर्मत कार्यलाई तत्काल अघि बढाउने सहमती बैठकले गरेको छ, उनले भने, ‘लाप्राकसम्म बस सञ्चालन गर्ने वातावरण बनाउन पनि सवै पक्षबिच सहमती भएको छ ।’

खानेपानीको सवालमा स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै सिमा क्षेत्रमा रहेको मूलको पानी सहमतीमा बाँडफाड गर्ने निर्णय भएको छ ।

सहमति अनुसार बारपाकको सामुदायिक वन समितिले नियन्त्रणमा लिएको लाप्राकका स्थानियहरुको बोका र बाख्राहरु लाप्राकीलाई नै तत्काल फिर्ता गराउने सहमती भएको छ ।

त्यस्तै दुवै पक्षले त्यस क्षेत्रको शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै काम नगर्ने, अन्य बिबादित बिषयमा स्थानिय तहले सम्वन्धित वडाको परामर्श र सहयोगमा आपसी छलफलको आधारमा टुङ्गो लगाउने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily