+
Search

ताजा अपडेट +

पपुलर +

घटनाको भोलिपल्ट महराको एसएमएस ‘फर्गेट एस्टर्डे आई एम भेरी सरी’

4KNationalDaily
२०७६ कार्तिक १५, शुक्रबार ०८:०० बजे

काठमाडौं- पीडितको जाहेरीबाहेक उनलाई निवर्तमान सभामुख कृष्णबहादुर महराले पठाएको ‘एसएमएस’लाई समेत प्रहरीले प्रमाणका रूपमा पेस गरेको छ।

घटनाको भोलिपल्ट उनले ‘फर्गेट एस्टर्डे आई एम भेरी सरी’ भनेर एसएमएस पठाएका छन् । त्यो म्यासेजबाट समेत अघिल्लो दिन उनले बलात्कार प्रयास गरेको पुष्टि हुने अभियोगमा उल्लेख गरिएको छ।

अभियोगमा भनिएको छ, ‘उक्त मेसेजले पनि प्रतिवादी घटनास्थलमा उपस्थित भई पीडितसँग भएका कसुरजन्य कार्यको उजागर हुन नदिन प्रयास गरेको तथ्य स्थापित भएको छ।’ यो खबर आजको नयाँ पत्रिकामा प्रकाशित भएकाे छ ।

महराले पठाएका अन्य एसएमएसहरूलाई समेत प्रहरीले प्रमाणका रूपमा पेस गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily