काठमाडौं- उमेर ३४ लागिसकेकी काजल अग्रवाल तालिम र तेलुगु फिल्मकी अग्रपंक्तिकी अभिनेत्री हुन्। सन् २००४ मा बलिउड फिल्म ‘क्यूँ’ हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन्।
सुन्दर अभिनेत्रीका रूपमा समेत चिनिने काजलले हालै आफू बिहेका लागि तयारीमा रहेको बताएकी छन्। एक कार्यक्रममा बोल्दै उनले बिहेको प्रस्ताव स्वीकार गरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी छन्।
‘हो, अब छिट्टै बिहे गर्नेछु,’ काजलको बिहे धारणा उनकै ‘बाहुबली’ को–स्टार प्रभासको बिहे चर्चालगत्तै आएको छ। कतिपयले त प्रभासले काजलसँग बिहे गर्न सक्नेसम्मको सम्भावना व्यक्त गरेका थिए।
त्यसो त काजललाई कुन अभिनेतासँग बिहे गर्ने चाहना छ भन्ने सवालमा उनले पनि प्रभासकै नाम लिएकी थिइन्।
प्रतिक्रिया