+
Search

ताजा अपडेट +

पपुलर +

परदेशीलाई रूवाउँने गीत ‘फर्क दाजुभाइ’ बजारमा

4KNationalDaily
२०७६ कार्तिक १५, शुक्रबार ०९:१० बजे

काठमाडौँ- गीतकार एवं सर्जक लक्ष्मण न्यौपानेको ‘फर्क दाजुभाइ’ गिती एल्बम विमोचन गरिएको छ ।

कामको शिलशिलामा विदेश गएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई स्वदेश फर्केर काम गरी देशको विकासमा लाग्न आह्वान गरिएको उक्त एल्बमको शुक्रवार गण्डकी प्रदेशका प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले विमोचन गरे ।

विमोचन कार्यक्रममा उनले विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमा प्रयोग गर्न आग्रह गरे ।

‘विदेशमा बस्ने सबैले जन्मभूमीलाई माया गरे देशको विकास हुन्छ’ , उनले भने । उनले आफू लामो समय विदेशमा पसिना बगाएर नेपाल आएर समाजसेवामा लागेको उल्लेख गर्दै नेपालमा लगानीको वातावरण निर्माणमा प्रदेश सरकार लाग्ने विश्वास व्यक्त गरे ।

गीतकार न्यौपानेले युवा विदेश पलायन हुने क्रम नरोकिएको र स्वदेशमा रोजगारीको वातावरण निर्माण गर्न सरकार लाग्नुपर्ने बताए ।

‘वैदेशिक रोजगारीका कारण गाउँमा मलामी जानेदेखि बिरामी बोकेर अस्पताल जाने युवा नहुँदा समस्या भएको छ’, उनले भने ।

उक्त गीतमा शोभा त्रिपाठी, गोविन्द थापा, अम्बिका देवकोटालगायतले स्वर रहेकाे छ भनेटिका बन्धनकाे संगित रहेकाे छ । म्युजिक भिडियोको निर्माण निर्देशक सुरज ढकाल ले गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily