+
Search

ताजा अपडेट +

पपुलर +

बागलुङ केन्द्रविन्दू भएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प

4KNationalDaily
२०७६ कार्तिक १५, शुक्रबार ११:३४ बजे

काठमाडाैं- म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।

बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दू बनाएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए।

म्याग्दीको सिवाङ, अर्मन, बाबियाचौर, वरञ्जा लगायतका ठाउँमा एकाबिहानै गएको भूकम्पले स्थानीयवासी त्रसित बनेका अर्मनका उमेश सापकोटाले जानकारी दिए।

त्यसैगरी बागलुङलगायत छिमेकी जिल्ला गुल्मी, प्युठान, रुकुम र रोल्पामा समेत भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ।

भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भइसकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily