+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा-आँबुखैरनी सडकखण्डमा शकास्पद बस्तु भेटियाे, सडक अवरूद्व

4KNationalDaily
२०७६ कार्तिक १७, आईतवार ११:५० बजे

गोरखा- गाेरखा नगरपालिका वडा नम्बर १० स्थित वडेखोला नजिकै शंकास्पद बस्तु (बम) फेला परेको छ ।

गोरखा-आँबुखैरनी सडकखण्डमा पर्ने बडेखोला नजिकै बिच सडकमै खतरा लेखिएको शकास्पद बस्तु भेटिएकोे हो ।

हसियाँ हतौडा चिन्ह रहेको रातो झण्डासंगै सनप्लोर लेखिएको काटुनमा राखिएको शकांस्पद बस्तु बम भएको हुनसक्ने अनुमान गरिएको छ ।

आज बिहान करिव पौन १० बजेको समयमा राखिएको शंकास्पद बस्तुलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

बिद्युतिय तार सहित जडान गरिएको बस्तु बम नै भएको हुनसक्ने स्थानियले बताएका छन् ।

अहिले सो क्षेत्रमा सवारी वारीपारि नै रोकेर अनुसन्धान भईरहेको हो ।

उक्त समाग्री बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राखेको हुनसक्ने अनुमान गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily