+
Search

ताजा अपडेट +

पपुलर +

बूढीगण्डकी जलविद्युत आयोजना : आरुघाट क्षेत्रको मुअब्जा निर्धारणका लागि स्थानियको अल्टिमेटम

4KNationalDaily
२०७६ कार्तिक १७, आईतवार १२:१२ बजे

गोरखा- बूढीगण्डकी जलविद्युत आयोजनाको कारण डुबानमा पर्ने गोरखाको आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका बासिन्दालाई मुआव्जा निर्धारण गर्न जनप्रतिनिधिले आन्दोलन गर्ने घोषणा गरेका छन् ।

धादिङमा प्रभाबित क्षेत्रका जनप्रतिनिधिहरुको बैठक बसी दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको गोरखाको आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले जानकारी दिए ।

‘गोरखातर्फको आरुघाट र धादिङतर्फको विशालनगर, खहरे लगायतका सहरी क्षेत्रको मुआव्जा अहिलेसम्म निर्धारण गरिएको छैन’, उनले भने, ‘त्यसैले पीडित क्षेत्रका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुको बैठकले २५ गतेभित्र सरकारले मुआव्जा निर्धारण गरेन भने २६ गतेदेखि नै दोस्रो चरणको आन्दोलन गर्ने निर्णय भएको छ ।’

आन्दोलनमा जनप्रतिनिधिसहित स्थानीय बूढीगण्डकी पिडितहरु संलग्न हुने छन् । बैठकले जग्गाको मुआव्जा पाएकाहरुले घरगोठ, फलफूल, रुखको मुआव्जा निर्धारण गर्न पनि माग गरेको छ ।

डुबानबाट बिस्थापित हुनेहरु पुनर्वास र पुनस्थापनाको बारेमा पनि लामो समयसम्म अन्यौल रहेको भन्दै बैठकले आईई प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । लामो समयसम्म मुआव्जा निर्धारण नहुँदा आरुघाट, विशालनगर, खहरे क्षेत्रका बासिन्दा पिडित भएका छन् ।

मुआव्जा निर्धारण गरी यथासीघ्र वितरण नगर्ने हो भने बिगत पाँचबर्षदेखि रोक्का गरिएको आफूहरुको घरजग्गा फुकुवा गरिदिन पिडितहरुको माग छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily