+
Search

ताजा अपडेट +

पपुलर +

गायक बाबु बोगटीको ‘जमुना’ बन्दै मोडल मुन र रिया [भिडियो]

4KNationalDaily
२०७६ कार्तिक १८, सोमबार १३:२७ बजे

गाेरखा- नेपाली आधुनिक गित संगीतमा करिव २ दशकको लामो सांगीतिक यात्रा गरेका गायक हुन् बाबु बोगटी ।

उनले धेरै गित र संगीत भरि सकेका छन ! १४ बर्षको उमेर बाट पहिलो स्टेज डान्स गर्न चढेका बाबु त्यस पछि गायन, अभिनय, सडक नाटक, टेलिफ़िल्म, संगितकार, गितकार सबै काम गर्न भ्याईसकेका छन ।

अहिले उनले ‘जमुना’ भिडीयोबाट निर्देशन तर्फको यात्रा शुरू गरेका छन ।

२०६३ सालमा बाबुले नै गाएको गित ‘जमुना जमुना’ बोलको गित लाई नयाँ स्वरूपमा रेकडिगं गरि त्यसको म्यूजिक भिडियो उनको निर्देशनमा ‘जमुना एगेन’ तयार गरि बजारमा ल्याएका छन् ।

भिडियोमा पछिल्लो समय युवा पुस्ता माझ गायिका र कार्यक्रम प्रस्तोताले चर्चित भएकी मुन प्रसाई र चर्चित मोडल रिया क्षेत्रीलाइ आकर्षक तरिकाले फिचर गरिएको छ ।

यसको अलवा कलाकार दीपेन्द्र सोनाम र नयाँ प्रस्तुतीमा युवराज खतिवडा ले अभिनय गरेका छन । सम्पादनमा शक्ति घिमिरे र छायाँकनमा उत्सव ढकालले गरेका हुन्।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily