+
Search

ताजा अपडेट +

पपुलर +

नेकपाले सिफारिस गर्‍यो ७ जना प्रदेश प्रमुखको नाम

4KNationalDaily
२०७६ कार्तिक १८, सोमबार १५:३२ बजे

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशका प्रमुखको नाममा आन्तरिक सहमति जुटाएको छ।

सोमबार बसेको सचिवालय बैठकले सरकारलाई सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो।

सचिवालय बैठकले अमिक शेरचन-चितवन, सोमनाथ अधिकारी ‘प्यासी’- कास्की, तिलक परियार-बाँके, धर्मनाथ यादव- सिरहा, विष्णु प्रसाईं- झापा, गोविन्द कलौनी-डडेल्धुरा र शर्मिला त्रिपाठी- काठमाडौंलाई बनाउने निर्णय गरिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए।

कुन प्रदेशमा कसलाई प्रमुख बनाउने भन्ने निर्णय सरकारको सिफारिसपछि टुंगो लाग्ने पौडेलले बताए।

अब मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिलाई ती नाम सिफारिस गर्नेछ। मन्त्रिपरिषद्को बैठक आजै बस्ने कार्यक्रम छ।

अघिल्लो सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुखहरुलाई आइतबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily